Sajhamanch Archive

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन्।

जसमा झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ ।

प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आइसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *