Sajhamanch Archive

रियल मड्रिड अन्तिम १६ मा

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बोरुसिया मोन्चेनग्लाडबाकलाई २–० गोल अन्तरले हराउँदै रियलले अघिल्लो चरणमा आफूलाई स्थापित गरेको हो ।

घरेलु मैदानमा भएकोे खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । स्पेनिस माहारथिले दुबै गोल पहिलो हाफमा गर्न सफल भएकोे थियो ।

खेलको नवौं मिनेटमा बेन्जिमाले गोेल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै रियल नकआउट चरणमा प्रवेश गरेको छ । रियल समूह विजेता पनि बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *