Sajhamanch Archive

शिक्षक हत्यामा संलग्नलाई कडा कारबाही गर : कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ ।

व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’साथै हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपील गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *