Sajhamanch Archive

थप १२१७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण जितेर १०६४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *