Sajhamanch Archive

भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री ओलीलाई

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको हुन्।

नेपाल–भारतबीच नक्सा विवादपछि औपचारिक संवाद ठप्प रहेकोमा पछिल्लो पटक शृंखलावद्ध भेटवार्ता भइरहेको छन् । यसअघि रअ प्रमुख, भारतिय सेना प्रमुख र भारतीय विदेश सचिवले नेपाल भ्रमण गरेका थिए।

नेपाल भारत सीमा समस्याको बिषयले नेपाल भारत सम्बन्धमा दूरी बढेको छ। तर, भारतको पक्षबाट निरन्तर भेटवार्ताले नेपाल भारत सम्बन्ध सुध्रिने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *