Sajhamanch Archive

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

निर्देशक विशाल भण्डारी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा फिल्म ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ ।

थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ । हाल फिल्मको स्क्रिप्ट र गीत-संगीतमा काम भइरहेको बुझिएको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा भने पहिलो पटक जोडी बाँधिन लागेको हो ।

निर्देशक भण्डारीले २ वर्ष अगाडि केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारिएका कारण फिल्म विवादमा तानिएको थियो । नयाँ फिल्ममा भने उनी पुरानो गल्ती दोहोर्‍याउने पक्षमा छैनन् । आफूमाथि लागेको चोरीको दाग मेटाउन उनले स्क्रिप्टमा मेहनत गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *