Sajhamanch Archive

प्रधानमन्त्रीले आइतबारलाई बोलाए संवैधानिक परिषदको बैठक

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *