Sajhamanch Archive

बाढीले बगायो गेर्खुको पुल

Published: in राष्ट्रिय समाचार by .

नुवाकोट । गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका-१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ ।

प्रहरीका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *