Sajhamanch Archive

सांसद लिङदेनलाई थप उपचारका लागि काठमाण्डौ लगियो

Published: in विविधा by .

बिर्तामोड । झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनलाई थप उपचारका ललितपुरको मेडिसिटी अस्पताल लगिएको छ ।

लिङदेनलाई लिएर नेपाली सेनाको नाइट भिजन हेलिकप्टर झापाको चन्द्रगढी विमानस्थलबाट काठमाण्डौ लगिएको हो ।

निमोनियाले सिकिस्त भएकाले थप उपचारका लागि उनलाई मेडिसिटी लैजाने तयारी भएको थियो।

यस अघिसम्म उनको झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भएको थियो।

उनका स्वकीय सचिव छत्र कडायतका अनुसार बिहीबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

भर्ना गर्दा जति अक्सिजन चाहिन्थ्यो साँझसम्म आइपुग्दा शरीर अझ बढी अक्सिजन चाहिन थालेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।

केही दिन अघि उनको कोरोना परीक्षण पनि गरिएको थियो। त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो। विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेन घरमै आराम गरिरहेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *