Sajhamanch Archive

महिला र पुरुष फुटबलरलाई बराबर तलब

Published: in खेलकुद by .

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महिला तथा पुरुष खेलाडीहरुले बराबरी तलब पाउने भएका छन् । बिहीबार नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने निर्णय गरेको छ ।

बिहीबार सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गरेको हो । एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।

पुरुष टिमका खेलाडीले यसअघि मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए । एन्फाभित्र खेलाडीको तलब बढाउनु पर्ने माग पदाधिकारीलेनै राख्दै आएका थिए ।

एन्फा कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो । राष्ट्रिय पुरुष टिमका सदस्यको तीन हजार रुपैयाँ तलब बढ्दा महिला टिमका खेलाडीको तलब ११ हजार बढेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *