Sajhamanch Archive

प्रदेश १ मा हल्का वर्षा, सुदूरपश्चिम र कर्णालीको हिमाली भेगमा हिमपातको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा हल्का वर्षा र सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलका अनुसार आज प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद पोखरेलले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *