Sajhamanch Archive

विश्वमा कोरोना संक्रमण हुनेहरुको संख्या ७ करोड नाघ्यो

Published: in विश्व समाचार by .

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाख ३५ हजार ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । यस्तै विश्वमा कोरोना सङ्क्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म सङ्क्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यस्तै, सबैभन्दा धेरै कोरोना प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा ९७ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *