Sajhamanch Archive

अफगानिस्तानमा पत्रकार महिलाको गोली हानी हत्या

Published: (Updated: ) in विश्व समाचार by .

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ ।

रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलालाई मइवान्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्‍यो भन्ने पुष्टि भएको छैन ।

आक्रमणपछि आक्रमणकारी भागेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार मइवान्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आएकी थिइन् । समाचार एजेन्सी रोयर्टसका अनुसार उनकी आमाको पनि पाँच वर्षअघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आक्रमणका घटना भइरहेका छन् ।

२६ वर्षीया मलालाई मइवान्द अफगानिस्तानमा महिला र बाल अधिकारको बारेमा आवाज उठाउँदै आएको इनेकास टेलिभिजनकी प्रस्तोता थिइन । उनी रेडियो र टेलिभिजनमा आबद्ध महिलाहरूको अन्तर्राष्ट्रिय सङ्घ (आईएडब्ल्यूआरटी) र अन्य नागरिक समाज समूहकी क्रियाशील सदस्य थिइन, उनीमाथि केही समयअघि देखि केही समूहले धम्की दिँदै आएका थिए ।

मइवान्दा अफगानिस्तानमा मध्य नोभेम्बरयता ज्यान गुमाउने दोस्रो पत्रकार महिला हुन् । गएको नोभेम्बर १२ मा अलआस देईको हेलमन्द प्रान्तमा बम आक्रमणमा ज्यान गएको थियो । ​

आईएडब्ल्यूआरटीले फिलिपिन्समा आफ्नी जनसम्पर्क अधिकारी आन सलीमको गिरफ्तारीको पनि विरोध गरेको छ ।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *