कमलको लालपैनी खोलामा पुलको शिल्यान्यास
Published:
by .कमल । गौरादह नगरपालिका वडा नं. १ सितापुरी चोकबाट करिब १ किलोमिटर पूर्वमा लालपैनी खोलाको पुल शिल्यान्यास भएको छ ।
एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उक्त पुलको शिल्यान्यस गरेका हुन् । शिल्यान्यसका क्रममा बोल्दै मन्त्री कार्कीले वर्षै देखि खोलामा आएको बाढीका कारण वारीपारी गर्नबाट बन्चित स्थानिय बासीलाई सहज हुने बताए । पुल निर्माण पछि बर्षौ देखि समस्या भोग्दै आएका देवीचौन र सितापुरीका स्थानिय वासिलाईलाई पुलले जोडेपछि सो क्षेत्रका वासिन्दाहरूलाई ठुलो सुविधा पुग्ने मन्त्री कार्कीको भनाई थियो ।
पुल निर्माणको लागि प्रदेश नं. १ प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत निर्माण हुन लागेको हो । पुलको लागत रकम ५ करोड १४ लाख ७९ हजार ४८० रूपैयाँ रहेको छ । पुलको निर्माण कार्य आगामी २०७९ साल असार २० गतेसम्ममा पूरा गरिसक्नुपर्ने गरी सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पुल शिल्यान्यास कार्यक्रममा पूर्व संविधान सभा सदस्य दीपक कार्कीको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष वेनुप्रसाद शिवाकोटी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेट्वाल, कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कट्वाल, २ का वडा अध्यक्ष तारानाथ न्यौपाने, तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने लगायतको उपस्थित रहेको ।
Comments