Sajhamanch Archive

अग्निपीडितको परिवारलाई अमेरिका बस्ने नेपालीबाट सहयोग

Published: (Updated: ) in विविधा by .

कमल । गत कार्तिक ३० गते राती आगलागीका कारण पीडित परियार परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

झापाको कमल गाउाँपलिका वडा नम्वर २ थापा गाउँका रामबहादुर परियारको परिवारलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार ४ सय ४० रुपैया सहयोग प्राप्त भएको हो ।
आगलागीमा परेर परियार परिवारकी ७ बर्षीय छोरीको मृत्यु भएको थियो ।

अमेरिकाको अस्टिन, टेक्सासमा बस्ने हरिप्रसाद पराजुली, यज्ञराज न्यौपाने, विदुर खतिवडा, माधव खतिवडा, तुलसी दुलाल, बाल न्यौपाने, भोजराज भट्ट, अनिल दुलाल र गेहेन्द्र केसीले उक्त रकम सहयोग गर्नुभएको र सो रकम महेन्द्र रत्न माध्यमिक विध्यालयका शिक्षक हिमालय कोइराला मार्फत परियार परिवारलाई प्रदान गरिएको शिक्षक विजय कुमार अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *