Sajhamanch Archive

सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान

Published: in अर्थतन्त्र, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उपचार खर्च प्रदान गरेको छ ।

संस्थाका शेयर सदस्य तथा बिर्तामोड नगरपालिका वडा नं.८ का कार्यबाहक अध्यक्ष दिपक भट्टराईलाई आज बिर्तामोड नगरपालिकाको कार्यलयमा पुगेर क्यान्सरको उपचार गर्दा लागेको खर्चबापत २५ हजार राहत प्रदान गरेको हो ।

उक्त उपचार खर्च बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र संस्थाका विभागीय प्रमुख विजय बस्नेतले संयुक्त रुपमा शेयर सदस्य भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी संस्थाले संस्थाका गरामनी सेवा केन्द्रका आफ्ना शेयर सदस्यको परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।

संस्थाका शेयर सदस्य रुद्र नेपालका बुबाको मृत्युमा दुःख व्यक्त गर्दै समवेदनासहित काजक्रिया खर्चबापत ५ हजार प्रदान गरेका हो ।

संस्थाका शेयर सदस्य नेपालका बुबा केशवप्रसाद नेपालको ६१ वर्षको उमेरमा गत मंसीर २० गते निधन भएको थियो ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतसहित सेवा केन्द्र प्रमुख एवम् कर्मचारीहरुले आज स्वर्गीय नेपालको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका गरामनी सेवा केन्द्रका प्रमुख दिपेश राजवंशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *