Sajhamanch Archive

साधारणसभाका लागि प्रतिनिधि छनोट कार्यक्रम बारे सूचना

Published: (Updated: ) in विज्ञापन by .

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड झापाको १५औं वार्षिक साधारणसभाको लागि तपशिलका क्षेत्रहरुमा १० जना सदस्य बराबर १ जनाको अनुपातमा प्रतिनिधि छनोट कार्यक्रम रहेको संस्थाका सम्पूर्ण शेयर सदस्यहरुमा सूचित गरिन्छ ।

कार्यक्रमहरु

१. मिति २०७५/५/४ गते हल्दिबारी रेडक्रस भवनमा समय ११ बजे 

२ मिति २०७५/५/६ गते मेचीनगर उद्योग वाणिज्य संघमा समय ११ बजे

३. मिति २०७५/५/८ गते कनकाई जेसीज भवनमा समय ११ बजे

४. मिति २०७५/५/९ गते बिर्तामोड संस्थाको भवनमा समय ११ बजे

५. मिति २०७५/५/११ गते अर्जुनधारा जनजाति भवनमा समय ११ बजे

प्रतिनिधि छनोट हुनका लागिः

१. २०७५ असार मसान्तभित्रै सदस्यता लिएको हुनुपर्ने ।

२. बचत कारोबार अनिवार्य गरेको हुनुपर्ने ।

३. कर्जा लिनेहरुले २०७५ असार मसान्तसम्मको ब्याज चुक्ता गरेको हुनु पर्ने ।

 

सन्तोषकुमार श्रेष्ठ
प्रबन्धक
श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोड

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *