Sajhamanch Archive

उखु किसान आज पनि प्रदर्शनमा

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् ।

किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाडौंमा आन्दोलन थालेका हुन् । आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत उखु किसानले बताएका छन् । गएको वर्ष सरकारले छिट्टै भुक्तानी दिलाउने भनेर आश्वासन मात्र दिएकाले यो वर्ष पुरै रकम नपाएसम्म आन्दोलन गरिरहने उनीहरुको अडान छ ।

गएको पुसमा भएको समझदारीपछि केही प्रगति भएकाले बक्यौता घटेको मन्त्रालयको दाबी छ । पोहोरको आन्दोलनपछि केही उद्योगले किसानको भुक्तानी दिएपनि केही उद्योगले भने अझै भुक्तानी दिन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *