Sajhamanch Archive

झापामा थप २२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ७ जना र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *