Sajhamanch Archive

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको चार मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए । आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *