Sajhamanch Archive

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन by .

सहकारी संघ–संस्थाहरुलाई बिर्तामोड नगरपालिकाको अत्यन्त जरुरी सूचना

साविकको अनारमनी, गरामनी र चारपाने गाउँ विकास समिति ठेगाना राखेर दर्ता भएका वा अन्य गाउँपालिका वा नगरपालिका ठेगााना राखेर दार्ता भई यस बिर्तामोड नगरपालिकामा सेवा केन्द्र खोलेर वा नखोली कारोबार गरिरहेका सहकारी संघ–संस्थाहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तपशील बमोजिमका कागजातसहित यस नगरपालिकामा सूचिकृत हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशील

१. आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण प्रतिवेदन,

२. आर्थिक वर्ष २०७३/०७४ को वार्षिक साधारणसभाको निर्णय प्रतिलिपी,

३. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी,

४. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी

५. सञ्चालक समितिको नाम, नामेसी

नोटः चालु आर्थिक वर्षको लेखा परीक्षण र साधारणसभा सम्पन्न गरिएको भए सोसमेत पेश गर्नु हुन अनुरोध छ ।

बिर्तामोड नगरपालिका कार्यालय, बिर्तामोड (झापा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *