Sajhamanch Archive

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मंगलबार ९१ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो।

त्यसैगरी चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। मंगलबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोबार भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *