Sajhamanch Archive

झापामा थप २३ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ७ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना, शिवसताक्षी नगरपालिकामा १ जना महिला र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *