Sajhamanch Archive

मन्त्रिपरिषद् बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बिहीबार (आज) बस्दैछ ।

बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले गएको मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *