Sajhamanch Archive

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको सभापति शाहले बताए ।

२०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर कानुनी प्रावधानविपरीत अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो ।

तर सम्झौताबमोजिम स्वास्थ्य सामाग्री नेपाल नल्याउँदै सरकारले एकतर्फी रुपमा खरिद सम्झौता भंग भएको घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *