Sajhamanch Archive

सांसद साँवाको नेतृत्वमा संसदीय समिति गठन

Published: in विविधा by .

झापा । झापाका सांसद एलपी साँवाको नेतृत्वमा संसदीय समिति गठन भएको छ । झापा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित साँवाको नेतृत्वमा वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता आदि समस्याको छानबिन गर्न संसदीय समिति गठन भएको हो।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका समस्या अध्ययन उपसमिति गठन गरेको बताइएको छ ।

समितिलाई वैदेशिक रोजगारको क्षेत्रमा भएका ठगी, अनियमिता, घरेलु श्रमिकका समस्या, कमादार पठाउने सन्दर्भमा हुने गरेका सिण्डिकेट, भिजिट भिसामा कामदार पाठउने विषयमा रहेका समस्याहरुको समधानका सन्दर्भमा अध्ययन अनुसन्धान र छानबिन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न म्याण्डेट दिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *