Sajhamanch Archive

थप ७७६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *