Sajhamanch Archive

नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा वाटमोर नियुक्त

Published: in खेलकुद by .

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविष्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।

प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि अन्तर्वार्ता दिएका थिए । तर वाटमोर छनोट भएका छन् ।

यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *