Sajhamanch Archive

तराईमा बिहानैदेखि बाक्लो हुस्सु

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ ।

तराईका जिल्लामा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो ।

तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताइन् ।

दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद्ले शाक्यले बताइन् । शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उनको भनाइ छ ।

तराईमा शीतलहर सुरु नभए पनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेको छ ।

देशभर तापक्रम घट्न थालेकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्को सुझाव छ । अब झन् चिसो अझै बढ्दै जाने भएकाले तातो न्यानो गरेर बस्न मौसमविद्ले सुझाव दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *