Sajhamanch Archive

लेवान्डोस्कीलाई फिफा बेस्ट अवार्ड

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् ।

पोलिस फरवार्ड लेवान्डोस्कीले बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *