Sajhamanch Archive

विर्तामोडमा शैक्षिक सेमिनार, एक विद्यार्थीले पाए कम्प्युटर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । ब्रिटिस ल्याङवेज एण्ड आई .टी इन्स्टिच्युटले अस्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि बिर्तामोडमा सेमिनारको आयोजना गरेको छ ।

इन्स्टिच्युटका संचालक तथा कार्यक्रम आयोजक वत्सल भट्टराईले करिब १४० जनाको संख्यामा रहेका विद्यार्थीहरुलाई अस्ट्रेलिया जान शैक्षिक योग्यता र विद्यार्थीले निभाउनु पर्ने जिम्मेवारीका बारेमा प्रष्ट पारेका थिए

संस्थाकी मार्केटिङ मेनेजर अस्ट्रेलियन नागरिक जे. टि.आई मेरी हुल्लले अस्ट्रेलियाको वातावरण, त्यहाँको व्यवस्था तथा अस्ट्रेलियामा गएर विद्यार्थीहरुले निभाउनु भुमिका प्रष्ट पार्दै त्यहाँका सरकारी व्यवस्थाका विषयमा जानकारी गराएकी थिइन् ।

त्यस्तै काठमाडौंबाट आएका प्रशिक्षक मानवहादुर राईले विद्यार्थीहरुले गुणस्तरीय शिक्षाका लागि अष्ट्रलिया राम्रो भएको बताए । उनले विद्यार्थी शिक्षाका साथै कामका लागि पनि सुरक्षित हुने र निर्धक्क काम गर्न सकिने जानकारी दिए ।

सेमिनारमा उपस्थित विद्यार्थीहरु बीच गोलाबाट छानिएका विद्यार्थीलाई पुरस्कार व्यवस्था गरिएको थियो ।
गोलाबाट प्रथम हुने रोसन राजवंशीलाई कम्प्युटर, दोस्रो स्थान हासिल गर्ने सुमित्रा राजवंशीलाई मोवाइल प्रदान गरिएको थियो । त्यस्तै तेस्रो स्थान हासिल गर्ने लाक्पा डिकी सेर्पालाई कम्प्युटरको कुनै पनि कोर्ष निःशुल्क सिकाइने सञ्चालक भट्टराई जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *