कमल ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण
Published:
by .कमल । कमल गाउँपालिका वडा नम्वर ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ ।
वडा नं ६ को बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरूलाई २ लाख ५० हजार मुल्य बरावरको ५० थान ईलेक्ट्रिक रिचार्जेबल स्प्रे ट्यांकी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातबाट वितरण गरिएको वडाध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिए ।
कृषकको वालीमा आईपर्ने आकस्मिक समस्यालाई रोकथाम गर्न सहयोग पुग्ने र कृषिकले आफ्नो उत्पादन बढाउन सक्ने कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताए ।
Comments