शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
शिवसताक्षी नगरपालिका वडा ११ का ५० वर्षीय संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । उनको नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको शिवसतासी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ एसिस्टेन्ट संजय ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको मंसिर २५ श्वाव सकलन गरेकोमा रिर्पोट पोजेटिभ आएको थियो ।
Comments