Sajhamanch Archive

संघीयताको सवलीकरणका लागि सबैले मेहनत गर्नु पर्छः प्रम ओली

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताएका छन् ।

संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले “कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुद हुनका लागि पनि कम्तिमा तीन हप्ताको समय चाहिने बताए ।

उनले समयमा टेकोको साहारा लिनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिले देखि नै प्रयासहरु भएका छन् । यस्ता प्रयासलाई परास्त गर्नु पर्दछ ।”

स्थानीयतहले लगाएको करको बिषयमा अनेक खालका अनर्गल प्रचार आएको प्रधानमन्त्री ओलीको भनाई छ । “करका बिषयमा हाम्रा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको हुन सक्छ । अथवा हामीले कर बुझेको कर्मचारी स्थानीयतहमा पु¥याउन सकेनौ” प्रधानमन्त्री ओलीले भने, कतिपयले हुँदै नभएको करको बिषयमा हुँदै नभएको कुरा उछालेर पनि समस्या सृजना गरेका छन् ।”

प्रदेशका सभामुख र उपसभामुखले प्रदेश संसदले कर्मचारी अभावको समस्या, गाडीको असुविधा, भौतिक संरचनाको अभावले विभिन्न समस्या व्योहोर्नु परेको गुनासो गरेका छन् ।

यसैगरी अहिलेको मर्यादाक्रम पनि सच्याउनु पर्ने उहाँहरुको माग छ । उहाँका माग पुरा गर्न र प्रदेशलाई सवलीकरण गर्न संघीय सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *