शिवसताक्षीको वडा नं. ३ मा प्राथमिक स्वास्थ्य चौकीको शिल्यान्यास
Published: (Updated: )
by .शिवसताक्षी । झापाको सिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा आधारभुत स्वास्थ्य चौकी भवनको निर्माण हुने भएको छ ।
स्थानिय लायनबहादुर राईले ३ कठ्ठा जमिन उपलब्ध गराएपछि आधाभुत स्वास्थ्य चौकी भवनको निर्माण कार्य अघि बढेको हो ।
शनिबार एक कार्यक्रमका बीच आधारभुत स्वास्थ्य चौकी भवनको प्रदेश सभा सदस्य झलकसिं दर्लामी, नगर प्रमुख चन्द्रकुमार सेर्मा, उप प्रमुख भोजकुमारी नेपालले संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।
स्थानिय लायनबहादुर राईले ३ कठ्ठा जमिन उपलब्ध गराएसँगै आधाभुत स्वास्थ्य चौकी भवनको निर्माण कार्य अघि बढेको हो । भवन निर्माणको जिम्मा पाथीभरा तिजकुले जेबिलाई दिईएको छ । २५ लाख रुपैयाँमा आगामी फाल्गुन मसान्त सम्ममा सप्पन्न गर्नेगरी आधारभुत स्वास्थ चौकी भवनको निर्माण कार्य युद्धस्तरमा भैइरहेको छ ।
शिल्यान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य झलकसिं दर्लामीले बिकासका पुर्वाधार निर्माणमा तिनै तहका सरकार सहकार्य गरि अघि बढे समृद्ध नगर निर्माणमा टेवा मिल्ने बताए। उनले नगरका योजनाहरुको बारेमा स्थानीयलाई चनाखो रहन समेत सुझाएका थिए ।
यस्तै नगरप्रमुख चन्द्रकुमार सेर्माले नगरका बिकास निर्माणका कुराहरुको प्रचार प्रसार नभएको बताए । उनले चुनाबताका बाचाहरु पूरा गरेपनी त्यसको सकारात्मक प्राचार हुन नसकेको जिकिर गरे ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुन्य प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुल बहादुर बस्नेत, नेकपा शिवसताक्षी वडा नं. ३ का इन्चार्ज सन्जय राई लगायतको उपस्थिति रहेको थियो ।
Comments