Sajhamanch Archive

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

यसअघि नेकपामा अध्यक्षमेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटन् शनिबार बिहान खुमलटार पुगेका थिए। उनले त्यहाँ दाहाललाई भेटेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।

प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्र यसले तरंग ल्याएको छ। अध्यादेशप्रति अध्यक्ष दाहाल र चौतर्फी रुपमै पार्टीभित्र प्रधानमन्त्रीको आलोचना बढेको छ ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए। आजको भेटमा यसै विषयमा छलफल हुने अनुमान गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *