झापामा थप २१ जनामा कोरोना
Published: (Updated: )
by .बिर्तामोड । झापामा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् ।
संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८ जना, दमकमा २ जना महिला र २ जना पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकाका १-१ जना पुरुष, मेचीनगर, कनकाई र कचनकवलमा १-१ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट झापामा आज एक जनाको निधन भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का ७४ वर्षीय पुरुष रहेका छन् ।
Comments