Sajhamanch Archive

रियल म्याड्रिडको सानदार जित

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ ।

म्याड्रिडका लागि करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा पराजित गरेका हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।

रोड्रिगो गोएसले क्रस गरेको बललाई बेन्जेमाले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै सहज फिनिस गरेका थिए । १३औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । करिम बेन्जेमाले एक डिफेन्डरलाई बटि गर्दै दिएको कटब्याकलाई लुका मोड्रिचले उत्कृष्ट फिनिस गरेका थिए ।

२८औं मिनेटमा किकेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भास्क्वेजले सहज गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *