Sajhamanch Archive

कांग्रेसको आह्‍वानमा सानेपामा सर्वदलीय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सानेपामा सुरु भएको छ।

नयाँ बानेश्‍वरमा आफूनिकट नेताहरुसँग छलफल गरेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि सानेपा पुगेका छन्।

त्यसैगरी नेताहरु वर्षमान पुन, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सानेपा पुगिसकेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा जनता समाजवादी पार्टीका नेताहरु आउने क्रममा रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ।

हिजो आइतबार नै कांग्रेस नेकपाका नेताहरु र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेर संसद विघटनविरुद्ध संयुक्त विरोध कार्यक्रम तयार पार्ने निर्णय गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *