Sajhamanch Archive

थप ७४२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०७९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *