Sajhamanch Archive

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

Published: in खेलकुद by .

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् ।

रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।

वल्ड च्याम्पियन्स क्लबले फुटबलमा सफल करियर बिताएका २८ वर्षभन्दा माथिको खेलाडीलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । गोल्डेन फुट अवार्डको यो १८औं संस्करण हो ।

‘सबै समयका सर्वश्रेष्ठ महान फुटबल महापुरुषको साथ म यो अवार्ड (मोनाकोको च्याम्पियन प्रोमोनेड) जित्न पाएकोमा सम्मान गर्दछु,’ रोनाल्डोले अवार्ड ग्रहणपछि तस्विरसहित इन्स्टाग्राममा लेखेका छन्, ‘म साँच्चिकै नम्र छु । मलाई मतदान गरेकोमा संसारभरिका फ्यानहरुलाई धन्यवाद दिन चाहान्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *