Sajhamanch Archive

प्रदेश १ मा २७६ डिस्चार्ज, ९४ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ ।

प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २–२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको कनकाई, बा¥हदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ ।

प्रदेश १ मा आज ७५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र  ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *