Sajhamanch Archive

शिक्षकले हिउँदे बिदा नपाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षको शिक्षकको हिउँदे बिदा रद्ध गरिदिएको छ।

त्रिविले एक सूचना जारी गर्दै कोभिड–१९ परिस्थितिमा पनि परीक्षा र पठनपाठन सुचारु राख्नको लागि त्रिवि अन्तर्गतका आंगिक तथा सम्बन्धित क्याम्पसका शिक्षकको हिउँदे विदा रद्‍द गरिदिएको हो।

शैक्षिक सत्रलाई खेर जान नदिनको लागि यो निर्णय गरिएको पनि सूचनामा उल्लेख छ।

‘कोेभिड–१९ परिस्थितिमा कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी त्रिविका शिक्षकहरुलाई दिइदै आएको हिउँदे विदाको व्यवस्था रद्ध गरेर पठनपाठनलाई सूचारु गर्ने  त्रिवि कार्यकारी परिषदको निर्णय भएको व्यहोरा जानकारी गराईन्छ,’सूचनामा भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *