Sajhamanch Archive

कमल गाउँपालिकामा डिजिटल माटो परिक्षण ल्याव सञ्चालनमा

Published: in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकामा डिजिटल माटो परिक्षण ल्याव सञ्चालनमा आएको छ ।

झापामा रहेका स्थानियतह मध्ये कमल गाउँपालिकाले पहिलो पटक डिजिटल प्रविधिद्वारा माटो परिक्षण ल्याव सञ्चालनमा ल्याएको हो ।

यस अधि कृषकको खेतको माटो परिक्षण गर्दा सामान्यतया नाईट्रोजन, फस्फोरस, जिंक, क्याल्सियम लगायतका तत्वमात्र परिक्षण गर्ने गरेको थियो । डिजिटल ल्याबबाट विरुवालाई आवश्यक पर्ने १४ किसिमको खाद्य तत्व परिक्षण हुने कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

गत आर्थिक वषमा नै सञ्चालनमा ल्याउन लागेको ल्याव कोभिड १९ का कारण सञ्चालनमा आउन थिएन त्यसैलाई निरन्तता दिदै यस वर्ष सुरु गरेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । ल्याव सञ्चालनमा आएपछि गाउँपालिकाका कृषिहरुको माटो कृषि उत्पादन गर्न उपुयक्त छ छैन भन्ने सहजे पत्ता लगाउने समेत अध्यक्ष काफ्लेले बताइन् ।

यस अघि माटो परिक्षण गर्न हामी सुरुङ्गा, चन्द्रगढीसम्म जानु पर्ने अवस्था थियो । अब आफ्नै गाउँमा सुविधा सम्पन्न ल्याव आएकोले हामी जस्ता कृषकलाई माटो परिक्षण गर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने कमल गाउँपालिका ६ स्थित कृषि क्रान्ति कृषक समुहका अध्यक्ष चक्रवर्ती बानिया बताउँछन् ।

डिजिटल प्रविधिद्वारा माटो परिक्षण गर्दा एक पटकमा १४ किसिमको खाद्य तत्वकोे परिक्षण हुने र कृषकको माटोको समस्या पत्ता लगाई तुरुन्तै उपचार गर्न सकिने कृषि शाखाका प्राविधिकको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *