Sajhamanch Archive

माधव नेपाल बने नेकपाका अध्यक्ष

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को नयाँ अध्यक्ष बनेका छन् ।

मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ । उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

सो समूहको केन्द्रीय समितिको अर्को बैठक बिहीबार बस्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *