Sajhamanch Archive

थप ७४३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *