Sajhamanch Archive

कांग्रेस बैठक : निर्वाचनमा जाने कि विरोध गर्ने अन्योल कायमै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चार नेताले आफ्नो धारणा राखेसँगै भोलिसम्मको लागि स्थगित भएको छ ।

हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ ।

आजका बैठकमा रामशरण महत, बलबहादुर केसी, गगनकुमार थापा र आनन्द ढुंगानाले आ-आफ्नो धारणा व्‍यक्त गरे। हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै कांग्रेस पनि दुई धारमा विभाजित छ। सभापति देउवाले हिजो निर्वाचनमा जानुपर्ने बताएका थिए भने पौडेलले संसद् विघटनको विरोधमा उत्रिनुपर्ने बताएका थिए ।

संसद् विघटनसँगै विरोधमा उत्रिएका गगन थापाले आज पनि प्रधानमन्त्रीको असंवैधानिक कदमबाट कांग्रेस कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए। बैठक भोलि दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *