गृहमन्त्री बादल प्रधानमन्त्री ओलीतिर नजिकिए, वामदेव अलमलमा
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ-आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल गएका थिएनन् ।
तर उनले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । त्यसपछि उनी आफूहरुको सम्पर्कमा आउन नचाहेको प्रचण्ड(माधव पक्षका एक नेताले बताए । ओली समूहमा पूर्वमाओवादीबाट लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालगायतका नेताहरु पनि समाहित भएका छन् ।
बादल ओली समूहतिर नजिकिए पनि वामदेव गौतमचाहिँ बुधबार साँझसम्म कतैतिर लागेका छैनन् । बुधबार खुमलटारमा प्रचण्डलाई भेट्न आउँछु भनेका गौतम खुमलटार पनि नगएको बुझिएको छ ।
Comments