तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने
Published:
by .काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।
बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् ।
सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । कुशल र करण पहिलो पटक विदेशी लिगमा जोडिएका हुन् ।
१६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् ।
करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । सोमपाल र करण दुबै तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको लागि नेपाली क्रिकेटमा परिचित जोडी हुन् । यी दुई खेलाडी नेपाली क्रिकेटका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।
गत वर्ष पारसले पहिलो पटक टि टेन लिग विदेशी लिगको रुपमा आबूधाबीबाट खेलेका थिए । यस पटक भने पारस फरक भूमिकामा छन् ।
Comments