Sajhamanch Archive

अलै‌ंचीकाे भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा

Published: in अर्थतन्त्र, समाज by .

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैंचीको भनेजस्तो मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।

यसवर्ष पनि मूल्य नबढेपछि अलै‌ंची किसानलाई चिन्ता थपिएको छ । केही वर्षदेखि अलैंचीको मूल्यमा उतारचढाव आइरहेको छ ।

गएको वर्ष मुस्किलले अलै‌ंची बेचेका किसान यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशामा थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गएको वर्षकोभन्दा पनि कम मूल्य पाएपछि निराश हुनुपरेको ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका वडा नं.७ खेवाङका अलै‌ंची किसान राजकुमार भट्टराईले बताए ।

चार वर्षअघि प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा अलै‌ंची बेच्न पाउँदा पहाडी क्षेत्रका अलै‌ंची किसान उत्साहित भएका थिए । भारतबाहेकका तेस्रो देशमा सिधै निर्यात हुने अवस्था नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलै‌ंची व्यवसायीले बताएका छन् ।

अहिले ताप्लेजुङमा अलै‌ंची प्रतिमन अर्थात् ४० किलोको २५ हजार ५ सय रुपैयाँका दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन २६ देखि २७ हजारका दरले अलै‌ंचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि धेरै किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलै‌ंची रोपेका थिए ।

                                                                                                                                 उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *